spot_img

बाजुरामा जीप दुर्घटना : एकको मृत्यु,चार घाइते

spot_img
spot_img

बाजुरा, २३ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो गाडी दुर्घनामा परी आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । सशस्त्र प्रहरीवल बाजुराका प्रमुख एवं प्रहरीनायव उपरीक्षक श्याम रावतका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका – १७ की ३१ वर्षिया गायत्री पन्तको घटना स्थलमै मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिका – ४ का रमेश बहादुर धामी ,कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका – १७ का लोकेन्द पन्त, सोही जिल्ला भिमदत्त नगरपालिका वडा नं १८ कि ५२ वर्षीय राधिका भट्ट, र कञ्चनपुर जिल्ला गुलरीया नगरपालिकाका ४० वर्षीय मोहनदेब भट्ट शख्त घाइते भएका छन् । उनीहरुको होस आएको छैन डिएसपी रावतले भने । घाइतेको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । उनीहरुको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरका लागि पहल भइरहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार शिक्षा विकास तथा समन्वय ईकार्ई प्रमुख भट्टजीसंंग बाजुरा घुम्न आएका उनका आफन्तहरु सडक दुर्घटनामा परेका हुन्। र्आतवार विहान सदरमुकाम मार्तडी स्थित बडिमालिका मन्दिर घुम्न गएका रहेछन् । उपरकोट स्थित बडिमालिकाको दर्शन गरी फर्किनेबेला आइतबार दिउसो १२ बजे तिर सु.प.प्र. ००१च ४३१६ नं.को स्कारपिओ गाडी बडिमालिका नगरपालिका – ८ अपि होटेलबाट करिब पाँच सय तल खसेको थियो । सडकको घुम्ती अनि भिरालो थियो । माथिबाट स्पिडमा ल्याएको हुनसक्छ । मोड्न नसकेर मान्छे सवार जीप सिधै भरिमा खसेको थियो । एक जानाको घटना स्थलमै मृत्यु भईसकको थियो ४ जनालाई अस्पताल लगिएको छ, प्रत्यक्षदसी अम्मर बडूवालले भने ।

spot_img

ताजा अपडेट

लोकप्रिय