वीरगन्ज, २८ मंसिर । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ६५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ६५ अङ्कले घटेको छ । शुक्रवार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




