spot_img

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बुबा-छोराको मृत्यु

spot_img
spot_img

विराटनगर,३० मंसिर । मोरङमा तीव्र गतिको मोटरसाइकल मध्यरातमा दुर्घटना भएको छ । दुर्घटनामा बाबु–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट विराट चौकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो ।

उनीहरू बाबु–छोरा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय