ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी

spot_img

जनकपुर, ३० मंसिर । सिराहाको सुखीपुर नगरपालिका वाड नम्बर ३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु ५ लाख ५५ हजार बराबरको क्षति भएको छ ।

शनिवार राति अचानक ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु ५ लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए ।

साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विस्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए ।

भरत साहको डिलरमा रहेको छ थान ग्याससहित किराना सामग्री, एनसेल र एनटीसीको दुई लाख रुपैयाँको रिचार्ज कार्ड, नगद पचास हजार रुपैयाँ गरी पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए ।

उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गहुँ, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिवार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय