spot_img

नेपाल धितोपत्र बोर्डले दियो ‘एनएमबि हाईब्रिड फन्ड एल-२’ योजनालाई अनुमति

spot_img
spot_img

काठमाडौं,०२ पुस । नेपाल धितोपत्र बोर्डले एनएमबि हाईब्रिड फन्ड एल–२ योजनाका इकाइहरु निष्कासन अनुमति दिएको छ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब एनएमबि म्युचुअल फन्डअन्तर्गत संचालित यस योजनाका इकाइहरु सर्वसाधारणलाई बिक्री खुला गरिनेछ। बन्दमुखी यस योजनाको अवधि १० वर्ष रहेको छ।

कुल १ अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजनामध्ये १ अर्ब २ करोड रुपैयाँ बराबरको इकाइमात्रै सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। अब यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड २० लाख इकाइ बिक्री खुला गरिनेछ।

यो म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय