वीरगन्ज, ०६ पुस । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाड न.११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
स्थानीयले ती व्यक्तिलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान सुरू गरेकाे छ ।
तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए एसपी खड्काले । गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने उनकाे भनाइ छ ।

