spot_img

७७ लाखको औषधि र खुद्रा सामान सहित ट्रक नियन्त्रणमा

spot_img
spot_img

वीरगन्ज,१६ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ वीरगन्जबाट धनुषातर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर हनुमान मन्दिर चोकबाट बिलविजक भन्दा बढी सामान लोड गरेको ना.८ ख ४१२४ नम्बरको मालबाहक ट्रक गएराति नियन्त्रणमा लिएको हो ।

खुद्रा तथा औषधीहरू लोड गरी धनुषातर्फ जाँदै गरैको विशेष सूचनाको आधारमा हनुमान चोकमा रोकेर जाँच गर्दा विल विजक भन्दा बढिका सामान रहेको आशंका लागि उल्लेखित नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

नियन्त्रणमा लिईएको ट्रकमा लोड रहेको सामानको मूल्य ७६ लाख ७५ हजार ४५१ रुपैंया रहेको प्रहरी नायव उपरीक्षक लम्सालले बताए । खुद्रा तथा औषधीजन्य सामाग्रीहरू सहित नियन्त्रणमा लिईएको ट्रक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय