spot_img

बाराको जितपुरसिमरामा बस दुर्घटना हूँदा ८ घाइते एकको अवस्था गम्भीर

spot_img
spot_img

बीरगन्ज,०७ असार। । बीरगन्जबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको यात्रुवाहक बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर रहेको छ।

आइतबार बिहान बीरगन्ज–पथलैया सडक खण्डमा ना ७ ख २३५ नम्बरको बसले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुर, सिमरा र सशस्त्र प्रहरी सुरक्षा बेस जितपुर बकुलियाको संयुक्त टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

घाइतेमध्ये ७ जनाको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने १ जनाको तराई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेशनल मेडिकल कलेजमा उपचाररतमध्ये कमलेश यादव, रुबी यादव, शिवानी यादव, रामनरेश प्रसाद, नरेश पञ्जियार, धनञ्जय प्रसाद चौरसिया र सुनिता यादव रहेका छन्।

तराई हस्पिटलमा उपचाररत सिराहाका चिनीलाल श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि बस चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सडकमा खसेको बस हटाएपछि उक्त खण्डमा यातायात सञ्चालन पुनः सुचारु भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय