Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

spot_img

काठमाडौं,२० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार पनि जारी छ। बिहीबारदेखि सुरु भएको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ। यस बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनले पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको भूमिका, आगामी कार्ययोजना, र संगठन पुनर्निर्माणका विषय समेट्नेछ ।

सरकारबाट बाहिरिएको पाँच महिनापछि प्रचण्डले पहिलो पटक केन्द्रीय कमिटी बैठकको सामना गर्दैछन्। बैठकअघि प्रचण्डले प्रदेशस्तरीय परामर्श बैठकसमेत सम्पन्न गरेका थिए। एमाले र कांग्रेसको गठबन्धनका कारण सत्ता गुमाएपछि माओवादीले यसलाई पार्टी निर्माणको अवसरको रूपमा लिन खोजेको छ ।

बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने सम्भावनाबारे निर्णय लिने तयारी गरेको छ ।

विशेष महाधिवेशनमार्फत केन्द्रीय कमिटी र पदाधिकारीहरूको संख्या घटाउनुपर्नेमा नेताहरूको जोड रहेको छ। हालको केन्द्रीय कमिटी बैठकमा ८२५ जना सहभागी हुँदैछन् ।

उपमहासचिव जनार्दन शर्माले उठाएको प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्तावलगायतका सुझावलाई पनि दस्तावेजमा समेट्ने प्रयास गरिएको छ। प्रचण्डले ती सुझावलाई ध्यानमा राख्दै पार्टीभित्रको असन्तोषलाई व्यवस्थापन गर्न खोजेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय