spot_img

कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने, शुल्क लिन नपाउने

spot_img
spot_img

काठमाडौँ, २५ पुस । शिक्षा मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गरेको छ। यससँगै कक्षा ९ र कक्षा ११ दुवैमा रजिस्ट्रेसन फाराम भर्नुपर्ने पुरानो बाध्यता अन्त्य गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन) संगको साक्षात्कारमा यो निर्णयको जानकारी दिइन्। उनले भने, “कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको छ र यो प्रक्रिया निःशुल्क हुनेछ ।”

मन्त्री भट्टराईले रजिस्ट्रेसन फारामको नाममा कक्षा ९ र कक्षा ११ का विद्यार्थीहरूबाट शुल्क लिने प्रथा रोक्ने निर्णय पनि सुनाइन्। साथै, विद्यार्थीहरूको नाममा विलम्ब शुल्क र शैक्षिक प्रमाणपत्र त्रुटि सच्याउने नाममा लगाइने शुल्क पनि हटाइने बताइन् ।

साथै, यो निर्णय आगामी वर्षको बजेटबाट कार्यान्वयनमा आउने र निःशुल्क तथा अनिवार्य शिक्षामा थप सुधार ल्याइने योजना छ। मन्त्री भट्टराईले यो निर्णयको पक्षमा अर्थ मन्त्रालयसँग समेत छलफल भएको र प्रधानमन्त्रीको नेतृत्वमा भएका राष्ट्रिय विकास समस्या समाधान समितिमा पनि यस एजेन्डा पारित गरिएको जानकारी दिइन् ।

मन्त्री भट्टराईले, “विद्यार्थीसँग रजिस्ट्रेसन शुल्कको नाममा अनावश्यक शुल्क लिने प्रथा रोक्नुपर्छ भन्ने कुरा थाहा पाएपछि हामीले यो निर्णय गरेको हो। अब रजिस्ट्रेसन शुल्कबाट उठ्ने राजश्व पनि रोकिएको छ ।”

यो निर्णयले विद्यार्थीहरूको आर्थिक भार कम गर्ने र शैक्षिक प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय