spot_img

असारदेखि मेलम्चीको पानी काठमाडौंमा निरन्तर आपूर्ति हुने मन्त्री यादवकाे दाबी

spot_img
spot_img

काठमाडौँ, ११ माघ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी असारदेखि मेलम्चीको पानी काठमाडौंमा निरन्तर आपूर्ति हुने दाबी गरेका छन्। खानेपानी तथा सरसफाइ नियमावली २०८१ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा पु¥याउने व्यवस्था मिलाइएको बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको बहादुरी देखाउन खोज्ने भनाइप्रति टिप्पणी गर्दै मन्त्री यादवले धरानबासीको पानी समस्या एक वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “एक गाग्रो पानीले धरानबासीलाई पुग्दैन। तर, हामी दीर्घकालीन समाधानका लागि काम अघि बढाउँदैछौं,” उनले भने ।

मन्त्री यादवले मेलम्चीको पानी व्यवस्थापन र अन्य सहरहरूको पानी संकट समाधानका लागि सरकार सक्रिय रहेको बताए । उनले मन्त्रालयले खानेपानी तथा सरसफाइका परियोजनाहरूलाई समयमै सम्पन्न गर्न विशेष प्राथमिकता दिने उल्लेख गरे ।

यो पहलले काठमाडौंमा पानी आपूर्ति सुनिश्चित गर्नुका साथै धरानजस्ता क्षेत्रहरूको पानी संकट समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय