प्रधानमन्त्रीद्वारा लैनचौर र शहीद गेटमा शहीदहरूप्रति श्रद्धाञ्जली

spot_img

काठमाडौं,१६ माघ । शहीद दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लैनचौरस्थित शहीद स्मारक र शहीद गेट पुगेर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रजातन्त्र र गणतन्त्रको स्थापनाका लागि बलिदान दिने शहीदहरूको शालिकमा पुष्पगुच्छा चढाएर उनले सम्मान व्यक्त गरे।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री, विभिन्न मन्त्रीहरू, राजनीतिक दलका सांसदहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरू पनि कार्यक्रममा सहभागी भएका थिए। सबैले शहीदहरूको योगदानलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरे।

देशभरि प्रजातन्त्र स्थापनाको संघर्षमा सहादत प्राप्त गर्ने शहीदहरूको सम्मानमा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ। हरेक वर्ष माघ १६ गते यो दिवस मनाउने परम्परा रहेको छ।

प्रधानमन्त्री ओलीले शहीदहरूको बलिदानबाट नेपालमा प्रजातन्त्र र गणतन्त्रको स्थापना भएको भन्दै उनीहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। सहभागी अन्य नेताहरूले पनि शहीदहरूको योगदानलाई समाज परिवर्तनको प्रेरणा स्रोतका रूपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे।

विभिन्न राजनीतिक कालखण्डमा स्वतन्त्रता र नागरिक अधिकारका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्झनामा यस वर्षको शहीद दिवसले समृद्ध र लोकतान्त्रिक नेपालको यात्रामा नयाँ प्रेरणा थप्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय