सिन्धुपाल्चोक,१९ माघ । सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका एक युवकको हत्या भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएको छ ।
तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामुहिक कुटाइमा परेको हुनसक्ने सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले जनाएका छन् ।
आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले जानकारी दिए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी–१ कोदारीका दिनेश वडा नम्बर–२ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।

