नागढुङ्गामा खानेपानी र सरसफाइलाई आत्मनिर्भर बनाउने मन्त्री यादवलेकाे प्रतिबद्धता

spot_img

काठमाडाैं, १९ माघ । चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गामा आयोजित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा तथा योजना विवरण पदार्पण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी र सरसफाइ हाम्रो देशको प्राथमिक आवश्यकता हो। यो केवल आधारभूत अधिकार मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि हो भन्ने धारणा ब्यक्त गरेका छन् ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पले चन्द्रागिरि क्षेत्रको खानेपानी आपूर्ति प्रणालीलाई गम्भीर क्षति पुर्याएको थियो। पाइपलाइन र मुहानहरू क्षतिग्रस्त हुँदा स्थानीयवासीले कठिनाइ भोग्नु पर्‍यो। यस्तो अवस्थामा स्थानीय समितिले देखाएको समर्पण र पुनर्स्थापनामा खेलेको भूमिका अत्यन्त सराहनीय रहेको प्रमुख अतिथिले बताए ।

खानेपानी व्यवस्थापन र सरसफाइ सुधारका लागि समितिको प्रयासलाई सरकारबाट प्राविधिक सहयोग, थप लगानी, र नीति सुधारको माध्यमबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय