काठमाडौँ, २४ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी सेवा छिटो र प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायहरूलाई कडाइका साथ निर्देशन दिएको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै तोकिएको समयावधिभित्र सेवा प्रवाह सुनिश्चित गर्न र ढिलाइ गर्ने कर्मचारीविरुद्ध गुनासो टिपाउन सेवाग्राहीलाई आग्रह गरेको छ। गुनासोको नियमित अनुगमन प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रले गर्ने उल्लेख छ।
साथै, सूचना प्रविधिको प्रयोगलाई नागरिक एपसँग जोडेर शीघ्र सेवा प्रवाहको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। तोकिएको समयमा काम नगर्ने सार्वजनिक पदाधिकारीविरुद्ध सेवाग्राहीले गुनासो गर्न सक्ने प्रबन्ध गरिएको विज्ञप्तिमा जनाइएको छ।