spot_img

अति आवश्यक कागजात सुरक्षित रहेको मन्त्री यादवकाे दाबी

spot_img
spot_img

काठमाण्डौ, २६ माघ ।आज बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीले खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षलाई क्षति पुर्‍याएको छ। विद्युत सर्टका कारण आगलागी भएको आशङ्का गरिएको छ।

मन्त्री यादवका अनुसार हिजो नै कार्यालयमा विद्युतको तार पोलिएको गन्ध आएको थियो, जसबारे सहयोगीलाई जानकारी गराइएको थियो । आगलागीबाट कोठामा रहेका दुई टेलिभिजन, कम्प्युटर, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सी तथा कार्पेट जलेर नष्ट भएका छन् । तर, अति आवश्यक कागजात भने सुरक्षित रहेको मन्त्री यादवले दाबी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि विद्युत सर्टकै कारण आगलागी भएको हुनसक्ने बताउँदै ठूलो क्षति हुनबाट जोगिएको जानकारी दए ।

सिंहदरबार सुरक्षा गणका प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेका अनुसार बारुणयन्त्रको सहायताले आगो १५ मिनेटमै नियन्त्रणमा लिइएको थियो। आगलागीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय