गृहमन्त्री लेखकद्वारा कानुनी सुधारको प्रतिबद्धता

spot_img

काठमाडाैं, २६ माघ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई पहिलो प्राथमिकता दिएको बताएका छन्। नेपाल पुलिस क्लब परिसरमा आयोजित ‘द ब्लु पेभिलियन’ भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रहरी तथा सशस्त्र प्रहरी ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता भइसकेको जानकारी दिए ।

उनले नागरिकता, अध्यागमन र निर्वाचनसम्बन्धी कानुनहरू सुधार गर्ने प्रक्रिया पनि अघि बढाइएको बताए। “जग्गा प्राप्ति र संघसंस्थासम्बन्धी कानुन निर्माणमा पनि प्रगति भएको छ। तीनवटा विधेयक संसद पुगेका छन् र बाँकीलाई पनि यसै अधिवेशनमा लैजाने तयारी छ,” उनले भने ।

गृहमन्त्री लेखकले नेपाल प्रहरी ऐन संशोधनमा सेवा प्रवेश र सेवानिवृत्तका प्रावधानलाई सुनिश्चित गरिएको उल्लेख गरे। प्रहरीबाट आवश्यक सुझाव आएमा विधेयकलाई संशोधन गरेर अघि बढ्न सकिने उनले प्रस्ट पारे ।

कार्यक्रममा उनले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीहरूको शारीरिक, मानसिक र सामाजिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेलेको सराहना गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय