spot_img

योजना छनोटमा पारदर्शिता ल्याउन आयोजना बैंक लागू गर्दै जीतपुरसिमरा उपमहानगर

spot_img
spot_img

बारा,०५ असार । जीतपुरसिमरा उपमहानगरपालिकाले विकास योजनाको छनोट र बजेट व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी बनाउन ‘स्थानीय तह आयोजना बैंक’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रियालाई लक्षित गर्दै मातहतका सबै निकायलाई असार ६ गतेभित्र प्रस्तावित योजनाहरू आयोजना बैंकमा प्रविष्ट गर्न निर्देशन दिएको जनाएको छ।

नगर प्रमुख राजन पौडेल का अनुसार अबदेखि आयोजना बैंकमार्फत छनोट भएका योजनामा मात्रै बजेट विनियोजन गर्न पाइने व्यवस्था लागू गरिनेछ। यो व्यवस्था जीतपुरसिमरा उपमहानगरपालिका को आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२ अनुसार कार्यान्वयन गर्न लागिएको हो।

उपमहानगरपालिकाले योजना छनोट प्रक्रियालाई आवश्यकतामा आधारित, पारदर्शी र प्रणालीगत बनाउन आयोजना बैंकको अवधारणा अघि सारेको जनाएको छ।

यसको प्रभावकारी कार्यान्वयनका लागि नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य तथा वडा सचिवहरूलाई विभिन्न चरणमा प्रशिक्षणसमेत दिइसकिएको छ।

उपमहानगरपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने आगामी असार ७ गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय