spot_img

३० वर्षे सेवापछि अवकाशप्राप्त सई दासलाई घोडा चढाएर गरियो बिदाइ

spot_img
spot_img

बीरगन्ज,०५ असार । नेपाल प्रहरीमा तीन दशक सेवा पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी नायब निरीक्षक (सई) दिलीपकुमार दास लाई बीरगन्जमा विशेष सम्मानसहित बिदाइ गरिएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय बीरगन्जमा कार्यरत दासलाई शुक्रबार घोडा चढाएर कार्यालयबाट विदाइ गरिएको हो। अवकाशप्राप्त प्रहरी कर्मचारीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ।

प्रदेश कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पाली मगर ले लामो समयसम्म संगठनमा योगदान पुर्‍याएका प्रहरी कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्दा संगठनभित्र सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

उनका अनुसार यस्ता कार्यक्रमले सेवामा रहेका प्रहरी कर्मचारीको मनोबल बढाउनुका साथै इमानदार र समर्पित सेवाका लागि थप प्रेरणा प्रदान गर्छ।

बिदाइ कार्यक्रममा प्रहरी अधिकृत, जवान तथा अन्य सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहकर्मीहरूले दासको ३० वर्षे सेवाको योगदानको प्रशंसा गर्दै सम्मानसहित विदाइ गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय