सुनको मूल्यमा बढोत्तरी

spot_img

काठमाडौं, २८ माघ ।  आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ ।

आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भई रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय