आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जको मुख्य सडक विस्तारसम्बन्धी मुद्दाकाे सुनवाइ फागुन २८ गते हुने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०२ फाल्गुन । बीरगन्ज मुख्य सडकको दायाँबायाँ २५-२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ फागुन २८ गते हुने तय गरिएको छ। तर, फागुन २९ गते फागु पूर्णिमा परेकाले यो पटक पनि सुनुवाइ हुनेमा स्थानीयवासीलाई आशंका छ।

- Advertisement -

सडक विभागले विगत तीन दशकदेखि बीरगन्ज मुख्य सडकको अतिक्रमण हटाउने पहल गर्दै आएको छ। यसै क्रममा २०७६ साल कात्तिक १७ गते सडक विभागले सूचना जारी गरेपछि, मुख्य सडकका केही स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही आधारमा सर्वोच्चले उत्प्रेषण मुद्दामा अन्तरिम आदेश जारी गर्दै सडक विभागको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो।

यसअघि मङ्सिर १७ गते तोकिएको पेसी स्थगित भई फागुन २८ का लागि तोकिएको हो। पछिल्लोपटक सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय माग गरेपछि सम्बन्धित कागजातहरू पेश नहुँदा सुनुवाइ पटकपटक स्थगित हुँदै आएको छ।

बीरगन्ज महानगरपालिकाको रेकर्डअनुसार, गण्डकदेखि भन्सारसम्म मुख्य सडकसँग टाँसिएका करिब ९५० घरधुरी छन्। तीमध्ये करिब १५० घरधुरीले मात्र नक्सापासको प्रमाणपत्र बुझाएका छन्। नक्सापास प्रमाणमा सडक विभागले दायाँबायाँ २५-२५ मिटर क्षेत्र खाली गर्नुपर्ने शर्त समावेश गरिएको तथ्य फेला परेको छ।

हालै, नारायणी अस्पतालको ५०० शय्याको नयाँ भवन निर्माणसम्बन्धी सर्वोच्चमा विचाराधीन मुद्दामा माघ २८ गते सर्वोच्चले अस्पताल निर्माणको पक्षमा आदेश दिएपछि, स्थानीयवासीले वीरगञ्ज मुख्य सडकको मुद्दामा पनि आगामी फागुन २८ गते निर्णय आउन सक्ने आशा व्यक्त गरेका छन्।

ताजा समाचार

spot_img

थप समाचार