लोकतन्त्रको रक्षा सबैको दायित्व : गृहमन्त्री

spot_img

काठमाडौँ, १० फागुन । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको कुनै विकल्प नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानले लोकतन्त्रलाई सुनिश्चित गरिसकेको भन्दै यसको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने कार्य हुने स्पष्ट पारे ।

उनले संविधानमाथि हुने कुनै पनि आक्रमणको डटेर प्रतिकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशी संरचनाको सुदृढीकरण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।

गृहमन्त्री लेखकका अनुसार, संविधान कार्यान्वयनको एक दशकको अवधिमा देखिएका सबल तथा दुर्बल पक्षको विश्लेषण गर्दै संविधान संशोधनको तयारी भइरहेको छ । उनले संशोधनका क्रममा संसदीय सर्वोच्चताको सुनिश्चितता अपरिहार्य रहेको धारणा राखे ।

साथै, कानुनी र नीतिगत सुधार सरकारका प्रमुख प्राथमिकता रहेको भन्दै उनले राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्वका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय