काठमाडौँ, १३ फागुन । केपी ओली कप अन्तर्गत मंगलबारको खेलमा ठूलो विवाद उत्पन्न भएको छ। खेलको दौरान संकटा फुटबल क्लबका विदेशी खेलाडीहरूले रेफ्रीसँग विवाद गर्दै हातपात गर्न खोजेका थिए ।
एपिएफका एलिक श्रेष्ठलाई संकाटा क्लबका विदेशी खेलाडी ओवोसु बोटेङले हात लगाएको अवस्थामा रेफ्री ज्ञान बहादुर तामाङले रातो कार्ड देखाएका थिए। यसले संकटा क्लबका अन्य विदेशी खेलाडीलाई आक्रोशित बनायो र उनीहरूले रेफ्रीसँग झगड़ा गर्न थाले । कप्तान दीप कार्की र अन्य खेलाडीहरूले बीच-बचाव गर्दै परिस्थिति नियन्त्रण गरे ।
तर, विवादका बीचमा सम्पन्न खेलमा संकटा क्लबले पेनाल्टी सुटआउटमा एपीएफलाई ५-३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

