बीरगन्जमा एक बालिका पोखरीमा मृत फेला

spot_img

बीरगन्ज, १५ फागुन । पर्साको बीरगन्ज महानगरपालिका वाडा न. १७ अलौमा तीन वर्षीया बालिका पोखरीमा मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय दिपक यादवकी तीन बर्षीया छोरी रिंकी कुमारी यादव आज बिहान घर नजिकैको सार्वजनिक पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रिंकी हराएको भन्दै उनका अभिभावकले आज बिहान प्रहरीमा उजुरी दिएका थिए । केही समयपछी स्थानीयहरुले पोखरीमा बालिका डुबेको देखेपछी प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । तर प्रहरी पुग्नुअघि नै परिवारका सदस्यहरुले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बालिकाको शव पोखरीबाट निकालिसकेको थियो ।

पोखरीमा बालिका कसरी पुगिन् भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन् । प्रारम्भिक अनुसन्धानअनुसार खेल्ने क्रममा लडेर पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । तर घटनाको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट पर्खनुपर्ने प्रहरीले जनाएको छ । बालिकाको मृत्युले स्थानीय समुदाय स्तब्ध बनेको छ । परिवारले घटनालाई रहस्यमय मानेर थप अनुसन्धानको माग गरेका छन् । घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय