आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

महायज्ञको नाममा दलितको घर...

जनकपुर,१० चैत । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा जातीय विभेदको शिकार भएको...

बारा– ढल्केबर प्रसारण लाइन...

जनकपुर,१० चैत । नेपाल विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने र नेपाल-भारत बीचको विद्युत्...

राष्ट्रिय सभाको बैठक आज...

काठमाडौं,१० चैत । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ बजे संसद...

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौंका विभिन्न स्थानमा महिलापुरुष मृत फेला

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २८ फागुन । काठमाडौं महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा बिट नजिक मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार फेला परेको हो ।

- Advertisement -

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनका अनुसार बानियाँ मन्दिर परिसरमा मागी खाने व्यक्ति हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छन् ।

गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् ।

उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
शवको मुचुल्का पछि पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएकाे छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार