spot_img

विद्यालय शिक्षा ऐन जारी नगरे निर्णायक आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

spot_img
spot_img

काठमाडाैं, २८ फागुन । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा दोस्रो दिनको धर्ना कार्यक्रम सम्पन्न गर्दै सरकारलाई विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न दबाब दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले चेतावनी दिएका छन् कि यदि चैत २० गतेसम्म विगतका सहमति सम्बोधन नगरेर ऐन जारी नगरिए, भने शिक्षक र कर्मचारीहरूले देशव्यापी निर्णायक आन्दोलन गर्नेछन् ।

धर्ना कार्यक्रममा बोल्दै उनले, “यो आन्दोलन जनआन्दोलन भन्दा ठूलो हुनेछ” भन्दै संसदको समिति र सरकारलाई चाँडोभन्दा चाँडो सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन आग्रह गरे। उनले भने, “हामी आन्दोलनको अन्तिम चरणमा छौं र अब रिले अनसनमा जानेछौं, चैत २० पछि निर्णायक चरणको आन्दोलन हुनेछ।”

सुवेदीले शिक्षक र कर्मचारीहरूले शिक्षा सुधारका लागि उठाएका मागलाई प्राथमिकता दिँदै शिक्षा देशको मेरूदण्ड भएको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय