काठमाडौं, २९ फागुन । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १९ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत यी विद्यार्थीहरू कारागार भित्रका कैदी हुन्। कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार यस वर्ष १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन्। एसईई परीक्षा ७ चैतबाट सुरु हुनेछ ।
गत वर्ष २५ विद्यार्थी एसईईमा सहभागी भएका थिए र सबै विद्यार्थी उत्तीर्ण भएका थिए। यो विद्यालयमा अध्ययन र शिक्षण दुवै कार्य कैदीहरूले गरिरहेका छन् ।