टी-२० सिरिज अन्तर्गत नेपाल र हङकङ भिड्दै

spot_img

काठमाडाैं, ३ चैत्र । चार देशीय टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानको प्रतिस्पर्धामा आज नेपाल र हङकङ आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ।

नेपालले सिरिजमा ६ खेलमध्ये २ खेलमा मात्र जित दर्ता गर्न सकेको थियो भने ४ खेलमा पराजित भयो। नेपालले युगाण्डा र हङकङलाई एक/एक पटक पराजित गरे पनि नामिबियासँग दुवै खेल र हङकङ तथा युगाण्डासँग एक/एक खेल गुमाएको थियो ।

तेस्रो स्थानको भिडन्तमा नेपालले हङकङसँग खेल्दै गर्दा, सिरिजको फाइनलमा आयोजक युगाण्डा र नामिबिया प्रतिस्पर्धा गर्नेछन् । नेपालका लागि आजको खेल प्रतिष्ठाका साथ सिरिज राम्रो नोटमा टुंग्याउने अवसर हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय