वीरगन्ज,०३ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पुर्याइसकिएको छ।
यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ भने जापानमा पनि एक परीक्षा केन्द्र रहेको छ।
परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा सुचारु गर्न सुरक्षा व्यवस्था कडा बनाइएको बोर्डले जनाएको छ।




