Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

मनाङबाट ४६ विद्यार्थीले एसईई दिने, परीक्षा चामेमा हुने

spot_img

मनाङ, ४ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनाङबाट ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् । चैत ७ गतेदेखि सुरु हुने परीक्षा सदरमुकाम चामेस्थित लोकप्रिय माविमा सञ्चालन हुने शिक्षा समन्वय एकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार नियमिततर्फ ४१ जना र ग्रेडवृद्धि तर्फ ५ जना परीक्षार्थी सहभागी हुनेछन् ।

मनाङमा चारवटा स्थानीय तह रहेका छन्, तर नार्पाभूमि गाउँपालिकाबाट भने कुनै पनि विद्यार्थी एसईईमा सहभागी हुने छैन न्। नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१ जना, ङिस्याङ गाउँपालिकाको अन्नपूर्ण माविबाट ४ जना र चामे गाउँपालिकाको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुनेछन् ।

यस वर्ष ग्रेड सुधार परीक्षा दिने विद्यार्थीहरूमध्ये प्रकाशज्योति माविबाट २ जना र लोकप्रिय माविबाट ३ जना रहेका छन्। मनाङको भौगोलिक कठिनाइका कारण विद्यार्थीहरू लामो यात्रा गरेर परीक्षा केन्द्र चामे पुग्नुपर्ने अवस्था छ । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई सहज परीक्षा वातावरण बनाउन सरोकारवाला निकायले आवश्यक ध्यान दिनुपर्ने शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय