spot_img

सर्लाहीमा एसईई परीक्षामा अनियमितता, तीन निरीक्षक निष्कासित

spot_img
spot_img

जनकपुर, ७ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा केन्द्रबाट एक महिला सहित तीन जना निरीक्षकलाई निष्कासित गरिएको छ ।

शिक्षा समन्वय इकाई कार्यालय, सर्लाहीका अनुसार, बलरा नगरपालिका-४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिब जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई अमर्यादित क्रियाकलापमा संलग्न रहेको भन्दै कारबाही गरिएको हो ।

उनीहरू परीक्षार्थीहरूलाई चिट चोर्न सघाइरहेको अवस्थामा फेला परेपछि निष्कासन गरिएको कार्यालयले जनाएको छ। अन्य परीक्षा केन्द्रहरूको अनुगमन रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय