spot_img

पश्चिम नेपालमा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण तीव्र: गृहमन्त्री

spot_img
spot_img

काठमाडौं, ७ चैत्र । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रमा स्थायी आवास पुनर्निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पुनर्निर्माण सम्बन्धी प्रगति जानकारी गराए ।

गृहमन्त्री लेखकका अनुसार डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण (डिडीई) संकलन गरिसकिएको छ। जसअनुसार स्थायी आवास निर्माण कार्य सुरु भइसकेको छ भने बाँकी रहेका क्षेत्रहरूको विस्तृत अध्ययन जारी छ ।

विशेषगरी जाजरकोटमा पुनःस्थापन र पुनर्निर्माणको कार्यलाई प्राथमिकता दिइएको छ। प्रभावित परिवारहरूलाई केन्द्र सरकारबाट आवास निर्माणका लागि अनुदान वितरण कार्य समेत सुरु भइसकेको गृहमन्त्री लेखकले जानकारी दिए ।

गत असोज महिनाको अविरल वर्षाले वागमती, कोशी प्रदेश लगायतका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको पनि विस्तृत अध्ययन सुरु भएको छ। उनले डिडीई प्रक्रिया पूरा गरेपछि आवश्यक स्थानमा स्थायी र अस्थायी आवास निर्माण गरिने बताए ।

बैठकमा विपद् प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा प्रभावकारी रणनीति अपनाउने विषयमा समेत छलफल भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय