spot_img

एसइईको एक परीक्षा केन्द्रमा एक विद्यालयका विद्यार्थी

spot_img
spot_img

खोटाङ, ८ चैत । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

जालपाकै अर्को माध्यमिक विद्यालय ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले गाउँकै जालपा मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन्। उक्त परीक्षा केन्द्रमा ज्योति माविका २२ जना नियमित र ग्रेडवृद्धिका पाँच जना विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय एकाई खोटाङको तथ्यांक अनुसार जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना विद्यार्थी र जालपा माविकै खुला तीन जना विद्यार्थी परीक्षामा उपस्थित भएका छ ।

अघिल्लो वर्षसम्म जालपा मावि परीक्षा केन्द्रमा तीन वटा विद्यालयका विद्यार्थीले एसइई परीक्षा दिएका थिए । कालिका मावि खार्मी र सरस्वती मावि पाथेकाले परीक्षा केन्द्र परिवर्तन गरेपछि जालपा माविको परीक्षा केन्द्रमा एउटा विद्यालय मात्र बाँकी रहेको हो। कालिका मावि र सरस्वती मावि यो वर्षबाट दिक्तेलस्थित सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएका छन् ।

केही वर्ष अघिसम्म ६÷७ वटा विद्यालयको एसएलसी वा एसइई परीक्षा केन्द्र रहेको जालपा मावि यस वर्षबाट एउटा विद्यालयको मात्र परीक्षा केन्द्र बन्न पुगेको छ ।

अघिल्लो वर्षको एसइई परीक्षामा जालपा मावि परीक्षा केन्द्रबाट सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत विद्यार्थी र शिक्षकको ग्रुप बनाएर चिट चोरिरहेको भेटिएको थियो। जालपा टाढा भएकाले यो वर्षबाट दिक्तेलको सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएको उक्त दुई विद्यालयले जनाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय