Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा सङ्कट बढाउँदै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ,०९ चैत । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा अत्याधिक समस्या आउन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । संसारको छाना र एशियाको पानीको टावर भनिने हिमालय क्षेत्रको पानीले झन्डै डेढ अर्ब मानिसको जीवनयापनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

हिमालमा रहेका बरफ र हिमनदीले जलाशयको रूपमा काम गर्दै आएका छन् । तर तापक्रम बढेसँगै यसमा असर परेको हिमनदी विज्ञ डा. मोहनबहादुर चन्दले बताए ।

वैज्ञानिक अनुसन्धान अनुसार सन् २०५० सम्ममा हिमालयका एक तिहाइ हिमनदीको अस्तित्व सकिने खतरा छ । यसका कारण, नदीहरूको पानीको प्रवाहमा कमी आउने र वर्षायाममा पानीको अभाव हुने डर छ । यसले तटीय क्षेत्रमा कृषिमा असर पुरर्‍याउने, जल स्रोतमा समस्या आउने र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढेको छ ।

- Advertisement -

समस्या आउनेतर्फ सचेत गराउँदै विज्ञहरुले समयमै जल व्यवस्थापन र संरक्षणका उपाय अपनाउन, पानी बचतका उपायहरूसँगै जल पुनर्चक्रण प्रविधि र वर्षाको पानी सङ्कलनलाई प्राथामिकता दिन सुझाव दिएका छन् ।

यस्तै पहाडी क्षेत्रका समुदायलाई जलवायु परिवर्तनको प्रभाव र जल सङ्कटका बारेमा सचेत गराउन र उनीहरूलाई पानीको सतर्क प्रयोगमा शिक्षित गराउन विज्ञहरुको सुझाव छ । हिमालय क्षेत्रमा देखिएको समस्यालाई ख्याल गरेर यस वर्षको विश्व जल दिवस पनि हिमनदी संरक्षण भन्ने मुल नाराका साथ मनाइदैछ । हरेक वर्ष मार्च २२ तारिखमा मनाइने विश्व पानी दिवसअन्तर्गत आज नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् ।

ताजा समाचार

थप समाचार