नेपाली कांग्रेस केन्द्रीय कार्यालयअगाडि सर्लाहीका नेताकार्यकर्ताको विरोध प्रदर्शन

spot_img

काठमाडाैं, १० चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएका नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पदबाट हटाउन भन्दै प्रदर्शन गरिएको हो । जिल्लाका उपसभापति,क्षेत्रीय सभापतिलगायतका पदाधिकारीहरूले प्रदर्शन गरिरहेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनीहरूले नेता मुख्यालय प्रवेश गर्न लाग्दा ब्यानर देखाएर अवरोध गर्न खोजेका छन् भने प्रहरीले बाटो खाली गराएर नेताको गाडीलाई मुख्यालय प्रवेश दिएको छ । अन्य सवारी साधनलाइ मुख्यालयमा प्रवेश दिइएको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय