spot_img

महिलाले अवसर पाए प्रधानमन्त्री बनेर उत्कृष्ट नेतृत्व गर्ने सक्ने मन्त्री यादवकाे दावी

spot_img
spot_img

काठमाडौं, ११ चैत । खानेपानी मन्त्री प्रदीप यादवले महिलाले अवसर पाएमा प्रधानमन्त्रीको रूपमा उत्कृष्ट नेतृत्व गर्न सक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व: अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले देशको विभिन्न उच्च पदमा महिलाले प्रभावकारी भूमिका निर्वाह गरिसकेको भन्दै उनीहरूलाई अझै बढी अवसर दिनुपर्ने धारणा समेत व्यक्त गरे ।

मन्त्री यादवले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिवजस्ता महत्त्वपूर्ण पदमा महिलाले नेतृत्व गरिसकेको उल्लेख गर्दै भने, “महिलाहरू कमजोर छैनन्। नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले सफल नेतृत्व दिइसक्नुभएको छ। प्रतिनिधि सभाको सभामुखदेखि कर्मचारीतन्त्रको मुख्यसचिवसम्म महिलाले कुशल व्यवस्थापन गरेका छन् ।”

उनले अवसरको अभावले महिलाहरू उच्च कार्यकारी भूमिकामा कम देखिएको बताए। “महिलाहरूलाई बराबरी अवसर दिइयो भने उनीहरू प्रधानमन्त्री भएर देशलाई उत्कृष्ट रूपमा अघि बढाउन सक्छन्,” मन्त्री यादवले जोड दिए ।

खानेपानी उपभोक्ता महासंघको नेतृत्वमा समेत महिलाको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिँदै ४२ हजार उपभोक्तामध्ये कम्तीमा १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्न महासंघका अध्यक्षलाई आग्रह गरे। साथै, शिक्षामा महिलाहरूको प्रगति उल्लेखनीय भए पनि नेतृत्व तहमा अझै अवसर विस्तार गर्नुपर्ने उनले बताए ।

“महिलालाई अघि बढ्न बाटो खोल्नुपर्छ, समानुपातिक प्रतिनिधित्व मात्र पर्याप्त छैन। उनीहरूलाई नेतृत्वको जिम्मेवारी दिनुपर्छ,” मन्त्री यादवको भनाइ थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय