spot_img

राजावादी आन्दोलनको हिंसा र लुटपाटका दोषीलाई कानूनी कारबाही गर्ने गृहमन्त्रीकाे घोषणा

spot_img
spot_img

काठमाण्डौ, १६ चैत्र । गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको आक्रमण, लुटपाट र ज्यान जाने घटनाका दोषीलाई कानून अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूलाई कडा कारबाही गरिने बताएको हो।

गृहमन्त्रीका अनुसार, तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएकाे छ भने सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड भएको छ। प्रदर्शनकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए।

गृहमन्त्री लेखकले भने, “राजावादीहरूको प्रदर्शनले राजनीतिक दर्शन, आदर्श र सिद्धान्तसँग कुनै सम्बन्ध नराख्ने हिंसा गरेको छ”।

उनले कानूनी प्रक्रिया अनुसार दोषीलाई कारबाही गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय