spot_img

पूर्वराजा ज्ञानेन्द्रद्धारा महानगरको जरिवाना पत्र अस्वीकार

spot_img
spot_img

काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। गत शुक्रबार तीनकुनेमा शाहका समर्थकहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोर व्यवस्थापनको क्षतिपूर्ति स्वरूप महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

महानगरपालिकाको टोली जरिवाना पत्र लिएर निर्मल निवास पुगेको थियो, तर शाहले उक्त पत्र ग्रहण गर्न अस्वीकार गरेपछि टोलीलाई फर्कनु परेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘पत्र बुझ्न मानेनन्, अब कानुनी प्रक्रियामा जान्छौं,’ उनले भने।

काठमाडौं महानगरपालिकाले अब अर्को चरणको कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय