नेपाल राष्ट्र बैंकद्वारा २३ करोड नयाँ नोट छपाईको तयारी

spot_img

काठमाडौं, १७ चैत्नेर । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छपाईका लागि ठेक्का आह्वान गरेको छ। नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य अन्तर्राष्ट्रिय कम्पनीहरूलाई बोलपत्र आवेदन दिन आग्रह गरिएको छ।

राष्ट्र बैंकले यसअघि नै चीन, अमेरिका, जर्मनी, रसिया, फ्रान्स र पोल्यान्डका छवटा कम्पनीलाई योग्य सूचीमा समेटेको थियो। यीमध्ये इच्छुक कम्पनीहरूले आउँदो १४ मे १२ बजेसम्म मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा बोलपत्र आवेदन दिन सक्नेछन्।

बोलपत्र सोही दिन १ बजे सम्बन्धित कम्पनीका प्रतिनिधिको उपस्थितिमा खोलिने राष्ट्र बैंकले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय