spot_img

चैनपुरमा दुई शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली परिचालित

spot_img
spot_img

विराटनगर, १८ चैत्र । संखुवासभाको पूर्वी पहाडी नगरपालिका चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ। सोमबार बिहान चैनपुर नगरपालिका-६ मा सरसफाइ गर्ने क्रममा नगरपालिकाका कर्मचारीहरूले सडक किनारमा तारसहित जमिनमा गाडिएको अवस्थामा दुई स्थानमा शंकास्पद वस्तु फेला पारेका हुन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार शंकास्पद वस्तु फेला परेको स्थान द्वन्द्वकालमा सुरक्षा बेस क्याम्प रहेको क्षेत्र हो। घटनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ।

डिएसपी बस्नेतले भने: ‘नगरपालिकाका कर्मचारीहरूले सरसफाइ गर्ने क्रममा तारसहित गाडिएको वस्तु फेला पारेका छन्। उक्त स्थान द्वन्द्वकालीन सुरक्षा बेस भएकाले बम हुन सक्ने आशंका गरिएको छ। नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको छ।’

हाल सुरक्षा अधिकारीहरूले उक्त क्षेत्र घेराबन्दी गरी सुरक्षा सतर्कता अपनाएका छन्। बम भए-नभएको पुष्टि गर्न नेपाली सेनाको टोलीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय