spot_img

पर्साको ग्रामीण भेगमा गहुवालीको भित्र्याइ सुरु

spot_img
spot_img

पर्सा,१८ चैत । पर्साको ग्रामीण भेगमा किसानहरूले उत्साहका साथ गहुँबाली भित्र्याउन सुरु गरेका छन्। विशेषगरी गण्डक नहरको उत्तरी क्षेत्रका किसानहरूले बाली पाकेपछि कटनी सुरु गरेका हुन्।

जिराभवानी गाउँपालिका वडा नम्बर २ का सुरेश दास थारुले चैत र वैशाखमा हावाहुरी, वर्षा र असिनाको सम्भावना बढेकाले समयमै बाली भित्र्याउनु आवश्यक रहेको बताए। अधिकांश गहुँबालीको दाना राम्रोसँग नसुके पनि प्राकृतिक प्रकोपबाट बचाउन किसानहरूले कटनी सुरु गरेका हुन्। साथै, केही किसानहरूले हर्दिनाथ धानको बीउ तयार भएकाले गहुँको कटनीलाई प्राथमिकता दिएका छन्।

यस वर्ष मौसम गहुँबालीका लागि केही प्रतिकूल भए पनि किसानहरूले राम्रो उत्पादनको आशा राखेका छन्। गण्डक नहरको दक्षिणी भेगमा भने एक सातापछि गहुँबालीको कटनी सुरु हुने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय