spot_img

मीनबहादुर गुरुङद्वारा हिंसामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग,सुरक्षागार्डहरूलाई सम्मान

spot_img
spot_img

काठमाडौं, २० चैत्र । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले राजावादी आन्दोलनका क्रममा हिंसात्मक घटनामा ज्यान गुमाएका दुई युवाका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्।

गुरुङले एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।

बुधबार कोटेश्वर भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले सो सहायता घोषणा गरेका थिए। साथै, आन्दोलनकै क्रममा भाटभटेनी सुपर स्टोरमा भएको तोडफोड र लुटपाट रोक्न सक्रिय भूमिका खेलेका सुरक्षागार्ड र अन्य कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेका छन्।

गुरुङको यो निर्णयले पीडित परिवारलाई राहत पुग्ने तथा सुरक्षाकर्मी र कर्मचारीको हौसला बढ्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय