Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा १५० बढी नेता-कार्यकर्ता जसपामा प्रवेश, मेयर सिंहद्धारा स्वागत

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २० चैत्र । जनता समाजवादी पार्टी (जसपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको लहर जारी रहेको छ। नेपाली कांग्रेस, एमाले, र माओवादी परित्याग गर्दै बीरगन्ज महानगरपालिका-३१ का १५० भन्दा बढी नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन्।

- Advertisement -

आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका भातृ संगठन तरुण दलका सचिव रञ्जित महतो, पूर्व वडा सदस्य गीता देवी तुनियाँ, काँग्रेसका क्रियाशील सदस्य चाँदनी देवी लगायतका नेताहरूले जसपा रोजेका छन्। यस्तै, नेकपा माओवादी परित्याग गर्दै मदिना खातुन, एमाले परित्याग गर्दै सकिल मियाँ ठाकुर, ढोराही चौधरी, रिका देवी साह, सुरेन्द्र महतो, शम्भु महतो लगायतले पनि जसपामा प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख एवं जसपाका केन्द्रीय सदस्य राजेशमान सिंह ले स्वागत गरे। उनले मधेस र मधेसी जनताको अधिकार स्थापित गर्न जसपाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबैलाई एकताबद्ध हुन आह्वान गरे।

- Advertisement -

पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री एवं जसपाका केन्द्रीय सदस्य मोहन चौधरी, मधेस प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, समाजवादी युवा संघका केन्द्रीय सदस्यहरू कृष्णा पटेल, पवन पञ्जियार, रवि पंजियार, विजय पञ्जियार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम जसपा वडा नं. ३१ का इकाई अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण ऐमामुल अन्सारीले गरेका थिए।

ताजा समाचार

spot_img

थप समाचार