Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

राजावादीको आन्दोलन लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएकाे गृहमन्त्रीकाे दाबी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ चैत्र । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र समाप्त पार्नेहरूको पहिलो निशानामा सञ्‍चारमाध्यम रहेको बताएका छन्। संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले लोकतन्त्रको अभिन्न अंग सञ्चारमाध्यम भएकाले लोकतन्त्रविरोधीहरूको पहिलो निशानामा पर्ने गरेको बताएका हुन्।

गृहमन्त्री लेखकले सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका निम्ति संवेदनशील रहेको बताए। ‘सञ्चारमाध्यममाथि, सञ्चारकर्मीमाथि अवाञ्छित दबाब दिने ,आक्रमण गर्ने काममा सह्यै हुने छैन,क्षम्य हुने छैन। यसको पूर्णसुरक्षाको प्रत्याभूति दिइनेछ,उनले भने,’सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका निम्ति संवेदनशील छ। हामी सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्छौं। ‘

मुलुकमा जबजब लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुन्छ त्यतिबेला सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमणका घटना हुने गरेको उनको भनाइ छ। ‘यो देशमा जबजब लोकतन्त्र समाप्त पार्ने कामहरू भएका छन्। त्यतिबेला सञ्चारकर्मीमाथि ,सञ्चारगृहमाथि आक्रमण हुने गरेको छ,’उनले भने,’किनभने लोकतन्त्र अभिन्न अंग सञ्चारगृह हुन्।’

गृहमन्त्री लेखकले चैत्र १५ गते तीनकुनेमा राजावादीका नाममा भएको हिंस्रक आन्दोलन पनि लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको दावी गरे। गृहमन्त्री लेखकले भने,’खोजीखोजी आक्रमण भएको छ। राजनीतिक दलका पार्टी कार्यालयहरूमा आक्रमण भएको छ। यी सबै कुराले पुष्टि हुन्छ कि लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हो।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा यो सरकारको पहिलो दायित्व रहेको जिकिर गरे। ‘लोकतान्त्रिक अधिकारको निर्वाधरुपमा उपभोग गर्ने विषयमा कुनै वाधा व्यवधान गर्दैनौं। गर्न चाहदैनौं। शान्तिपूर्वक भेला हुने,आफ्ना विचार राख्ने, आलोना गर्ने संविधानले नै अधिकार दिएको छ। यसको निर्वाह गर्न पाइनेछ,’उनले भने,’ तर, हिंसात्मक गतिविधि गर्ने, संविधान फाल्ने गतिविधि , च्यात्ने गतिविधि यो व्यवस्थालाई नै उल्ट्याउने गतिविधि सरकारले हमेसा निष्तेज गर्नेछ।’

ताजा समाचार

थप समाचार