पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी

spot_img

काठमाडौँ, २२ चैत्र ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल पूरा गरी आज औपचारिक रूपमा बिदा भएका छन्। २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी पाँच वर्षे कार्यकालपछि आज पदबाट बाहिरिएका हुन्।

बिदाइपछि राष्ट्र बैंककै प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालका उतारचढावबारे प्रतिक्रिया दिएका छन्।

गभर्नर अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको खुलासा गरे। तर, उनले आफ्नो कार्यकालभर केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय मान्यता अनुरूप सञ्चालन गर्न सफल भएको दाबी गरे।

उनले सर्वोच्च अदालत, न्यायाधीश, र अधिवक्ताहरूलाई बैंकको स्वायत्तता जोगाउन दिएको योगदानका लागि धन्यवाद समेत दिए।

गभर्नर अधिकारीले आफ्नो कार्यकालभर सहयोग गर्ने पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त कार्यकारी निर्देशक, वर्तमान कार्यकारी निर्देशक, राष्ट्र बैंकका कर्मचारी, र सञ्चार क्षेत्रलाई धन्यवाद व्यक्त गर्दै अपेक्षित सुधारका लागि निरन्तर प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।

spot_img

ताजा अपडेट

लोकप्रिय