spot_img

जनकपुरधाममा आधुनिक सार्वजनिक शौचालय निर्माण हुँदै

spot_img
spot_img

धनुषा, २२ चैत्र । मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा आधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । जनकपुर सौन्दर्यीकरण परियोजनाअन्तर्गत रु ६ करोड ५० लाखको लागतमा बसपार्क, राम मन्दिरको दक्षिण तथा जानकी मन्दिरको दक्षिणपट्टी शौचालय निर्माण गरिने भएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने पर्यटक तथा भक्तजनका लागि सफा र सुविधायुक्त सार्वजनिक शौचालय आवश्यक रहेको बताए। “व्यवस्थित शौचालयको अभावले पर्यटकलाई असहज हुन सक्ने भएकाले प्रदेश सरकारले यो योजना अघि सारेको हो,” उनले भने।

यस योजनाका लागि बोलपत्र प्रक्रिया सुरु भइसकेको छ। योजना कार्यान्वयन तथा समन्वयका लागि प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहलगायत सरोकारवाला निकायको संलग्नतामा एक समिति गठन गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय