Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार थाइल्याण्डको बैंककमा उनीहरूबीच ’साइडलाइन’ भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा आउन पुन ः आग्रह गरे। यसअघि पनि परराष्ट्रमन्त्री आर्जु राणा राइसिना डायलगमा सहभागी हुन गत चैतमा नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएर आएकी थिइन्।

शुक्रबार मोदीसंग ओलीको भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए।

ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि मोदीसँग दोस्रो पटक भेट भएको हो। प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते अमेरिकाको न्युयोर्कमा साइडलाइन भेटवार्ता भएको थियो। उनीहरुबीच संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला भेट भएको थियो ।

मंगलबार बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले गत बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग औपचारिक भेटवार्ता गरेका थिए।

ताजा समाचार

थप समाचार