spot_img

बीरगन्जका विभिन्न क्षेत्रमा आज ४ घण्टासम्म विद्युत अवरुद्ध हुने

spot_img
spot_img

बीरगन्ज, ३० जेठ । नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले आज शनिबार केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। आपूर्ति प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन ११ केभी फिडरहरूमा ‘लोड ब्रेक स्वीच’ जडान कार्य गर्न लागिएको हो।

प्राधिकरणका अनुसार बीरगन्ज–१, २ र ५ नम्बर फिडर अन्तर्गतका क्षेत्रमा बिहान १–२ घण्टा विद्युत सेवा अनियमित रहनेछ।

त्यस्तै, बीरगन्ज–४ नम्बर फिडरअन्तर्गत पर्ने क्षेत्रमा भने मध्यान्ह १२:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म करिब ४ घण्टा विद्युत आपूर्ति पूर्ण रूपमा प्रभावित हुने जानकारी दिइएको छ।

प्राधिकरणले प्राविधिक काम निर्धारित समयभन्दा अगाडि सकिएमा विद्युत सेवा तुरुन्तै सुचारु गरिने जनाएको छ। मर्मत तथा जडान कार्यका कारण हुन सक्ने असुविधाप्रति उपभोक्तासँग क्षमायाचना पनि गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय