वीरगंज,२९ जेठ – वीरगंज वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादवले वडाका समुदायिक बिद्यालयहरुको अवालोकन अनुगमन कार्यलाई तिव्र पारेका छन् । वडाका सरकारी तथा सुदायिक विद्यालयहरुमा शिक्षण सिकाई कार्यहरुको बिषयमा गुनासोहरु आएपछि अनुगम गरेको अध्यक्ष यादवको भनाई छ । उनले बिद्यालयमा वितरण हुने गरेको शैक्षिक सम्रागी, दिवा खाजा एवं पठन पाठनको बिषयमा बिद्यालयमै पुगेर जानकारी लिएका छन् ।
अध्यक्ष यादवले वडा अन्तर्गतको बेलवामा रहेको रामजानकी आधारभुत बिद्यालयमा शुक्रवार अनुगमन गरेका हुन् । उनले बिद्यलायमा भर्नाका बिधार्थी नियमित उपस्थित भए नभएको बिषयमा समेत जानकारी लिएका छन् । बिधार्थीहरुको उपस्थिती बिद्यालयमा किन न्युन रहेको बिषयमा समेत बिद्यालयका प्रअसँग जानकारी लिएका छन् । बिद्यालयको स्थलगत अनुगमनको क्रममा बिधार्थी संख्याको ४० प्रतिशत भन्दापनि काम बिधार्थी उपस्थित रहेको पाइएको वडा अध्यक्ष यादवले बताए ।
उनले बिधार्थी बिद्यालय किन नआउँने गरेको बिषयमा अभिभावकहरुसँग छलफल गर्ने तथा त्यसको खोजी गरी समाधान गर्ने बताए । उनले शिक्षकहरुलाई नियमित रुपमा बिद्यालयमा उपस्थित हुन तथा सहि तरिकाले बिधार्थीहरुको पठन पाठन कार्यमा सहयोग गर्न समेत निर्देशन दिए । साथै सो क्रममा बिधार्थीहरुको दिवा खाजा कार्यक्रमलाई सहि तरिकाले संचालन गर्न तथा तोकिएको अनुसार बालवालिकालाई खाजा खुवाउँन निर्देशन दिए । स्कुलमा बालविकासमा १२ जना,कक्षा १ मा ६ जना, कक्षा २ मा ६ जना, कक्षा ३ मा ८ जना,कक्षा ४ मा १० र कक्षा ५ मा ६ जना गरी जम्मा ४८ जना बिधार्थी उपस्थित रहेका थिए ।




