spot_img

धनुषाबाट सेफ सन्तोष साह पक्राउ

spot_img
spot_img

जनकपुर,३० जेठ । सेफ सन्तोष साहलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको रामानन्द चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गएराति सञ्चालन गरिएको विशेष अभियानमा साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि पक्राउ गरिएको छ।
शकुन्तला अधिकारी (थापा) ले दिएको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो। सोही मुद्दामा काठमाडौं

जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय